ईश्वरको योजना अझै पूरा भएको छैन

रुखका सबै पातहरू झरेपछि त्यसका हाँगाहरू नाङ्गा हुन्छन्। हेर्दा ती हाँगाहरू खाली, उजाड र बाँझो जस्ता देखिन्छन्। तर के त्यो रुखको अन्त्य हो होइन। केही समयपछि फेरि त्यही हाँगाहरूमा नयाँ पालुवा पलाउँछन्, फूलहरू फुल्छन् र फलहरू लाग्छन्त्य सैगरी यदि तपाईंको जीवनमा पनि केही कुरा हराउँदैछन् आशाहरू झर्दैछन् बाटाहरू बन्द हुँदैछन् र जीवन उजाड जस्तो देखिँदैछ भने निराश नहुनुहोस्त पाईंको जीवनको एउटा ऋतु समाप्त हुँदैमा ईश्वरको योजना समाप्त भएको हुँदैनईश्वरले तपाईंको जीवनलाई सधैँका लागि आशिषले भरिपूर्ण बनाउनुभएको छ। तपाईंको जीवनमा असल आशिषका फलहरू प्रकट हुन अझै बाँकी छन् तपाईंको हातबाट असल कार्यहरू गराउन ईश्वर पिता अझै काम गरिरहनुभएको छ।जब तपाईंको विश्वास ईश्वर पितामा छ भने अब आफ्नै सोच र इच्छालाई मात्र पछ्याउन छोड्नुहोस्। आफ्नो जीवन उहाँको हातमा सुम्पिदिनुहोस् र उहाँलाई नै तपाईंको जीवनमा काम गर्न दिनुहोस्।तपाईंको सोच संसारसम्म पुग्न सक्छ तर ईश्वरको योजना स्वर्गीय उद्देश्यसम्म पुग्छ। तपाईंले देखेको बाटो सीमित हुन सक्छ तर ईश्वरले देख्नुभएको भविष्य असीमित छ।आज तपाईंको जीवनका हाँगाहरू खाली देखिएका छन् भने पनि विश्वास गर्नुहोस् ईश्वरले नयाँ पालुवा पलाउने समय जान्नुहुन्छ। त्यसैले प्रतीक्षा गर्नुहोस् विश्वासमा अडिग रहनुहोस् र आफ्नो जीवन ईश्वरलाई सुम्पिनुहोस्। उहाँले तपाईंको जीवनमा अझै असल कार्यहरू गर्न बाँकी छ।

ईश्वर पिता तपाईंको असीम प्रेम योजना र विश्वासयोग्यताका लागि धन्यवाद।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top