साँचो धर्म अरूलाई हराउनु होइन

आजाभोली टेलिभिजनको र चोक चौतारामा चिया पसल भट्टी मा हुने अनावश्यक वादविवादबीच कुनै भिन्नतानै छैन। कसैसँग पनि आफ्नै मौलिक विचारनै छैन अरूका शब्द र विचार सापटी लिएर आफूलाई श्रेष्ठ र बुद्धिमान् साबित गर्ने होडबाजीमा सबै लागिरहेका छन् आज संसारमा नैतिकता सद्भाव र मानवीय मूल्यहरूको पतन हुनुको एउटा प्रमुख कारण मानिसहरूले धर्म कर्म आत्मचिन्तन र असल आचरणलाई छाडेर अनावश्यक तर्क आलोचना र बकवासमा आफ्नो समय खर्च गर्नु हो किनकि समाज बदल्ने शक्ति अरूलाई गलत साबित गर्ने बहसमा होइन आफूलाई सुधार्ने सोच असल कर्म र जिम्मेवार व्यवहारमा हुन्छ। र म पनि यस्तो शान्त र सद्भावपूर्ण संसारको पक्षमा छु जहाँ प्रत्येक मानिसले तनाव द्वन्द्व र अनावश्यक विवादबाट मुक्त भएर सुख शान्ति र सम्मानका साथ जीवन बिताउन सकोस् तर विडम्बना आज हरेक दिन नयाँ नयाँ विवाद जन्मिरहेका छन् मानिसहरू जीवनलाई सहज र सुन्दर बनाउनुको सट्टा आफ्नै विचार अहङ्कार र तर्कको बोझले जीवनलाई झन् तनावपूर्ण बनाइरहेका छन्।दुःखको कुरा आध्यात्मिक धार्मिक संसार पनि यस्ता विवादबाट अछुतो रहन सकेको छैन धर्मका व्याख्याता उपदेशक र अनुयायीहरू समेत आफ्नै सम्प्रदाय मान्यता र विचारलाई श्रेष्ठ साबित गर्न अरूमाथि प्रश्न उठाइरहेका छन् धर्मको वास्तविक उद्देश्य आत्मशुद्धि प्रेम करुणा आत्मिक सद्भाव र मानवताको विकास गर्नु हो भन्ने मूल भावनालाई बिर्सेर मानिसहरू धर्मकै नाममा विभाजन र प्रतिस्पर्धामा उत्रिरहेका छन् मानौँ ईश्वरलाई बुझ्नुभन्दा आफ्नै बुझाइलाई अरूले स्वीकार गराउनु ठूलो उपलब्धि हो। हामीले बुझ्नुपर्ने कुरा के हो भने जस्तो कि बुद्ध येशु मस्सी वा अन्य महान् आध्यात्मिक व्यक्तित्वहरूले प्रस्तुत गर्नुभएको वाणी कुनै एउटा जाति देश सम्प्रदाय वा समयका लागि मात्र सीमित थिएन उहाँहरूका शिक्षामा समग्र मानव जीवनलाई सही दिशा दिने शाश्वत सत्य नैतिकता समानता अहिंसा प्रेम र आत्मअनुशासनका आधारहरू समेटिएका थिए ती शिक्षाहरू केवल सुन्न पढ्न वा अरूलाई सुनाउनका लागि मात्र थियनन आफ्नो जीवनमा उतार्न र व्यवहारमा प्रमाणित गर्नका लागि पनि थिए।सत्य कुनै व्यक्तिको निजी सम्पत्ति होइन न त कुनै एउटा सम्प्रदायको सीमाभित्र कैद हुने विषय हो। सत्यलाई बुझ्ने दृष्टिकोण फरक हुन सक्छ तर त्यसले मानिसलाई अहङ्कारी विभाजित र घृणालु होइन अझ विनम्र विवेकी र मानवीय बनाउनुहो। साँचो आत्मिकता अरूको कमजोरी खोज्नुमा होइन आफ्नै कमजोरी पहिचान गरेर सुधार्नुमा हो । इतिहासलाई हेर्ने हो भने न्याय समानता र मानव मर्यादाको आवाज कुनै एउटा दर्शन वा धर्ममा मात्र सीमित रहेको छैन। आत्मिकताले उठाएको न्याय समानताको प्रश्न होस् आदर्श समाजको परिकल्पना होस् बुद्धको करुणा मस्सिको प्रेम र क्षमाको शिक्षा होस् सबैले मानिसलाई अझ न्यायपूर्ण, अनुशासित र मानवीय जीवनतर्फ प्रेरित गरेका होस् विशेषगरी मस्सिले समानतालाई धर्मको महत्त्वपूर्ण आधारका रूपमा लिनुभयो। उहाँको दृष्टिमा लोभ आवश्यकताभन्दा बढी असमानता र हिंसाले मानिसलाई वास्तविक धर्मबाट टाढा लैजान्छन् आत्मअनुशासनको अभावले नै मानिसभित्र विद्रोह असन्तोष र बाहिरी नियन्त्रणको आवश्यकता जन्माउँछ। जब मानिसले आफ्नै मन विचार इच्छा र व्यवहारलाई अनुशासित गर्न सक्दैन तब उसले अरूलाई सुधार्ने र नियन्त्रण गर्ने प्रयास गर्छ। तर अरूलाई बदल्न खोज्नुअघि आफू बदलिनु नै सबैभन्दा ठूलो साधना हो। आजको विडम्बना यही हो हामी महान् विचारकहरूको नाममा गर्व गर्छौँ उहाँहरूका वाणी र दर्शनको चर्चा गर्छौँ तर ती शिक्षालाई आफ्नै आचरणमा उतार्न भने तयार हुँदैनौँ समानताको कुरा गर्ने तर व्यवहारमा विभेद गर्ने प्रेमको कुरा गर्ने तर मनमा घृणा पाल्ने शान्तिको कुरा गर्ने तर हरेक विषयमा विवाद खोज्ने प्रवृत्तिले हाम्रो वास्तविक आध्यात्मिक अवस्था उजागर गरिरहेको छ।जीवन निरन्तर परिवर्तनशील छ। समय बदलिन्छ परिस्थिति बदलिन्छ समाजका आवश्यकता बदलिन्छन् र विचारका स्वरूप पनि विकसित हुँदै जान्छन् जसरी रूखको जरा रूखलाई जमिनमा अड्याउने र पोषण दिने भाग हो हाँगा फूल र फल फरक देखिए पनि सबै एउटै जरासँग जोडिएका हुन्छन् त्यसरी नै आत्मा र परमात्मा पनि एकअर्काका सर्सपोर्ट हो परम्पराको असल आधारलाई जोगाउँदै समयअनुसार त्यसको सकारात्मक विकास गर्नु नै वास्तविक प्रगति हो। धर्म र दर्शन जीवनभन्दा अलग भएर जीवित रहन सक्दैनन् किन कि जीवन नै पर्मेशोर हो वास्तविक सार मानिसको सोच व्यवहार सम्बन्ध सामाजिक जिम्मेवारीमा देखिनुपर्छ। यदि कुनै धार्मिक विचारले मानिसलाई प्रेम गर्न क्षमा दिन सत्य बोल्न अन्यायको विरोध गर्न समानताको सम्मान गर्न र दु खमा परेकालाई सहयोग गर्न सिकाउँदैन भने त्यसको व्यावहार माथि गम्भीर आत्मचिन्तन आवश्यक हुन्छ। हामीले आफैँलाई एउटा प्रश्न सोध्न आवश्यक छ हामी महान् व्यक्तित्वहरूको शिक्षालाई आफ्नो जीवनमा उतार्न चाहन्छौँ कि उहाँहरूको नाम र विचारलाई आधार बनाएर अरूसँग बहस जित्न मात्र चाहन्छौँ किनकि संसारलाई आज अर्को ठूलो बहसको आवश्यकता छैन असल व्यवहारको आवश्यकता छ। अर्को धर्मको व्याख्याको प्रतिस्पर्धा होइन आफ्नै आचरणको सुधार आवश्यक छ। अरूलाई गलत साबित गर्ने बुद्धिभन्दा आफूलाई सही बनाउने विवेक ठूलो हुन्छ।साँचो धर्म अरूलाई हराउनु होइन आफ्नै अहङ्कारलाई जित्नु हो। साँचो आध्यात्मिकता आत्मिकता अरूको बाटो भत्काउनु होइन आफू सही बाटोमा हिँडेर अरूका लागि पनि प्रेरणा बन्नु हो।हामीले आफ्नो सुनौलो अतीतबाट केवल गर्व गर्न होइन जीवन बदल्ने शिक्षा लिन सिकौँ किनकि संसार बदल्ने सुरुवात सधैँ आफ्नै सोच आफ्नै व्यवहार र आफ्नै हृदयबाट हुन्छ।जस्तो गरि आज पाउनु भएको इश्वरिये सिक्ष्या बचन नै असल हो तर एस्लाई लिने आत्मा तपाईको आचरण मा भर पर्छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top