जसरी हरेक तालासँग त्यसलाई खोल्ने चाबी पनि बनेको हुन्छ

हरेक मानिसले आफूले पाएको संस्कार शिक्षा र उपदेशअनुसार नै सोच्ने बोल्ने र व्यवहार गर्ने गर्छ जसले जस्तो संस्कार पाएको छ जसले जस्तो उपदेश सुनेको छ उसको जीवनमा त्यस्तै सोच र कर्मको प्रभाव देखिन्छ।त्यसैले कसैलाई गलत ठहराउनुअघि एकपटक आफ्नै सोच र व्यवहारलाई पनि हेर्नुहोस् तपाईंलाई सही लागेको कुरा अरूलाई गलत लाग्न सक्छ र तपाईंले गरेको काम पनि कसैको नजरमा गलत हुन सक्छ। किनकि तपाईंका लागि तपाईंले पाएको उपदेश सही छ भने अरूका लागि उसले पाएको उपदेश पनि त्यत्तिकै सही हुन सक्छ। हरेक मानिसले आफूले बुझेको सत्य र पाएको शिक्षाअनुसार नै आफ्नो जीवनका कर्महरू पूरा गरिरहेको हुन्छ।त्यसैले अहंकार होइन विनम्रता अपनाउनुहोस् दोष होइन बुझाइ खोज्नुहोस् अरूलाई हराउने प्रयास होइन एकअर्काबाट सिक्ने हृदय राख्नुहोस्ईश्वरको योजनामा हरेक भेट हरेक परिस्थिति र हरेक अनुभवको आफ्नै अर्थ हुन्छ। जीवनमा या त कसैलाई जित्नुहोस् या त कसैबाट सिक्नुहोस् तर कसैलाई भेटेर पनि खाली हात नफर्कनुहोस् केही न केही सिकेर फर्कनुहोस् ईश्वरले तपाईंको जीवनमा आउने हरेक परिस्थिति हरेक भेट र हरेक चुनौतीलाई कुनै न कुनै अर्थ दिनुभएको हुन सक्छ। तपाईंको कमजोरी सुधार्न तपाईंलाई केही सिकाउन र तपाईंको जीवनलाई सही दिशातर्फ अघि बढाउन ती सबै अनुभवहरू ईश्वरले तयार गर्नुभएको शिक्षा हुन सक्छन्त्य सैले जीवनमा आउने कठिनाइलाई केवल दु ख नसम्झनुहोस् कसैको व्यवहारलाई केवल दोष नठान्नुहोस् कहिलेकाहीँ तपाईंको कमी पूरा गर्न तपाईंको सोच बदल्न र तपाईंलाई अझ असल बनाउन ईश्वरले अरू मानिस र परिस्थितिलाई माध्यम बनाउनुहुन्छ।याद राख्नुहोस् हरेक भेट एउटा शिक्षा हुन सक्छ हरेक चुनौती एउटा अवसर हुन सक्छ र हरेक अनुभव ईश्वरले तपाईंलाई सिकाउनुभएको जीवनको पाठ हुन सक्छ।

जसरी हरेक तालासँग त्यसलाई खोल्ने चाबी पनि बनेको हुन्छ त्यसरी नै जीवनमा आउने हरेक चुनौतीसँग त्यसलाई समाधान गर्ने कुनै न कुनै बाटो पनि रहेको हुन्छ। ईश्वरले त्यो चाबी तपाईंको हातमा सुम्पिदिनुभएको छ।अब निर्णय तपाईंको हातमा छ त्यो चाबी प्रयोग गरेर आफ्नो जीवनका बन्द ढोकाहरू खोल्ने कि अवसर हुँदाहुँदै पनि तिनलाई बन्द नै रहन दिने ईश्वरले बाटो देखाउनुहुन्छ अवसर दिनुहुन्छ तर त्यसलाई स्वीकार गरेर अघि बढ्ने निर्णय तपाईंले नै गर्नुपर्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top