यदि तपाईंको हृदयभित्र ईश्वरीय प्रेम दया करुणा र आफ्नोपनको भावना छ भने तपाईंभित्र रहेका हजारौँ मन र सोचमा उत्पन्न हुने नकारात्मक भावना खराब बानी विस्तारै समाप्त हुँदै जान्छन् रिस राग अहंकार घृणा र अरूलाई गलत दृष्टिले हेर्ने सोच आफैँ कमजोर हुँदै जान्छ।
तर ईश्वरीय प्रेम केवल बोलीमा होइन व्यवहार र कर्ममा पनि देखिनुपर्छ। जब तपाईंको हृदयमा साँचो प्रेम जागृत हुन्छ तब तपाईंका व्यक्तिगत समस्याहरूलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन हुन थाल्छ। यही प्रेमले तपाईंको जीवनमा मात्र होइन वरिपरिको संसारमा पनि प्रेम सद्भाव र एकताको भावना फैलाउँछ।
जहाँ ईश्वरीय प्रेम हुन्छ त्यहाँ समर्पणको भावना हुन्छ क्षमाको भावना हुन्छ एकताको भावना हुन्छ र एकअर्काप्रति सम्मान गर्ने संस्कार हुन्छ। त्यहाँ रिस राग घमण्ड र द्वेषले आफ्नो स्थान बनाउन सक्दैनन्
याद राख्नुहोस् ईश्वरीय प्रेमले भरिएको हृदयमा घृणा हिंसा र द्वेषले स्थायी बास पाउन सक्दैन किनकि जहाँ प्रेमले शासन गर्छ त्यहाँ अहंकार होइन विनम्रता हुन्छ बदला होइन क्षमा हुन्छ विभाजन होइन एकता हुन्छ।
त्यसैले संसार बदल्नुअघि आफ्नो हृदय बदल्नुहोस् किनकि हृदयमा ईश्वरीय प्रेम जागेपछि त्यसको प्रभाव तपाईंको बोली व्यवहार र कर्म हुँदै सारा संसारमा फैलिन थाल्छ।