ईश्वरको योजना हाम्रो सोचभन्दा महान् छ

यदि तपाईंको अगाडि कुनै ढोका बन्द हुँदैछ भने निराश नहुनुहोस् बुझ्नुहोस् सायद त्यो ढोका तपाईंको लागि थिएन किनकि ईश्वरले तपाईंका लागि बन्द भएको ढोकाभन्दा अझ विशाल सुन्दर र आशिषले भरिएको द्वार तयार गरिरहनुभएको हुन सक्छ।कहिलेकाहीँ हामी ईश्वरलाई प्रश्न गर्छौँ हे ईश्वर पिता, मेरो जीवनमा किन यस्तो भइरहेको छ किन मेरा अगाडिका बाटाहरू बन्द हुँदैछन्? किन मैले चाहेको कुरा प्राप्त गर्न सकिरहेको छैनतर याद राख्नुहोस् ईश्वरको योजना हाम्रो सोचभन्दा धेरै महान् हुन्छ। उहाँले जान्नुहुन्छ, हाम्रो शान्ति भविष्य र आत्मिक जीवनका लागि कुन बाटो सही छ। सायद संसारका ढोकाहरू तपाईंका लागि बन्द हुँदैछन् तर ईश्वरले तपाईंको आत्मिक शान्तिका लागि स्वर्गीय आशा र अनन्त जीवनको द्वार खोलिरहनुभएको छ।त्यसैले तपाईंको जीवनमा केही गुम्दैछ केही टुट्दैछ, केही रोकिँदैछ वा केही भइरहेको छैन जस्तो लाग्छ भने त्यसलाई अन्त्य नसम्झनुहोस्। कहिलेकाहीँ जीवनको मौनता पनि नयाँ सुरुवातको संकेत हुन सक्छ।जब तपाईंको जीवनमा केही भइरहेको छैन जस्तो लाग्छ तब आफ्नो मनलाई सम्झाउनुहोस्सा यद ईश्वरले मेरो जीवनमा केही नयाँ, अझ सुन्दर र असल कुरा गर्दै हुनुहुन्छ।ईश्वरको मौनता उहाँको निष्क्रियता होइन हामीले केही नदेखिरहेको समयमा पनि उहाँले हाम्रो भविष्यका लागि सुन्दर योजना तयार गरिरहनुभएको हुन सक्छ। त्यसैले आज बन्द भएको ढोकालाई हेरेर निराश नहुनुहोस्। आजको प्रतीक्षालाई भोलिको आशा बनाउनुहोस्। आजको आँसुलाई भोलिको मुस्कानमा बदलिने

विश्वास राख्नुहोस्।किनकि ईश्वरको योजनामा कुनै पनि अन्त्य निराशाको अन्त्य मात्र होइन, नयाँ सुरुवातको ढोका पनि हुन सक्छ।विश्वास गर्नुहोस्, ईश्वरले तपाईंको जीवनमा केही नयाँ सुन्दर र असल कुरा गर्दै हुनुहुन्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top