मन जब ईश्वर मा हुन्छ तब हरेक कुरा सम्भभ हुन्छ

हाम्रा शास्त्रहरूले भन्छन् संसारलाई जस्तो छ, त्यस्तै रूपमा हेर्न सिकौं र सत्यको बाटो कहिल्यै नछोडौं। परिस्थिति जस्तोसुकै भए पनि हाम्रो सोच सकारात्मक हुनुपर्छ। शुद्ध र स्वस्थ मन नै सुख, शान्ति र आनन्दको मूल आधार हो। साँचो प्रगति त्यतिबेला सम्भव हुन्छ, जब मानिस आफ्नो लक्ष्यप्रति सचेत रहँदै निरन्तर आत्मिक अभ्यासमा अघि बढिरहन्छ। भविष्यका चुनौतीहरूलाई बुझेर सही लक्ष्य निर्धारण गर्नु आवश्यक छ। मानिसले केवल धार्मिक होइन, आत्मिक बन्न सिक्नुपर्छ, किनकि अध्यात्म नै मानव कल्याणको आधार हो। ज्ञान होस् वा विज्ञान, सबैको मूल अध्यात्ममै लुकेको छ।आजको पुस्तामा संवेदनशीलताको कमी देखिँदै गएको छ। केवल भौतिक र प्राविधिक शिक्षाले विकास त ल्यायो, तर समग्र मानव विकास सम्भव भएन। समाज तब समृद्ध बन्छ, जब त्यसलाई संस्कार र नैतिकताले सिँचाइ गरिन्छ। यसमा शिक्षित र सचेत व्यक्तिहरूको जिम्मेवारी अझ बढी हुन्छ। आफू मात्र होइन, अरूको जीवन पनि उज्यालो बनाउने प्रयास गर्नुपर्छ। आध्यात्मिक जीवनशैलीले यही जिम्मेवारी पूरा गर्न सिकाउँछ। साधनाले मानिसलाई भित्री रूपमा बलियो बनाउँछ, मोह र असान्तिबाट मुक्त गराउँछ, र अन्ततः परमात्मासँग एकाकार हुने मार्ग खोलिदिन्छ।धार्मिक बन्नु सजिलो हुन सक्छ, तर साँचो आत्मिक साधक बन्नु कठिन साधना हो। आफूलाई ईश्वरमा समर्पित गर्नु नै साधनाको वास्तविक अर्थ हो। साधना बिना जीवन अधुरो रहन्छ र साँचो आनन्द प्राप्त हुँदैन। जब मानिस साधनाको मार्गमा अघि बढ्छ, तब उसले जीवनको वास्तविक ज्ञान प्राप्त गर्छ। ऊ सजग, सचेत र दिव्य चेतनाले भरिपूर्ण बन्छ। साँचो साधक भोगमा होइन, योगमा रमाउँछ। यस संसारमा परमात्मा नै पूर्णता, श्रेष्ठता र दिव्यताको स्रोत हुनुहुन्छ।जब आध्यात्मिक विचार बलियो बन्छन्, तब जीवनमा आनन्द, मधुरता, सौन्दर्य र ऐश्वर्य आफैं प्रकट हुन थाल्छन्। शुभ विचार र शुभ संकल्पमा कठिन परिस्थितिलाई परिवर्तन गर्ने अद्भुत शक्ति हुन्छ। आत्मिक जीवन निःस्वार्थ हुन्छ। अध्यात्म बिना मानिस आफ्नो मार्गबाट भड्किन सक्छ। सांसारिक ज्ञानले कहिलेकाहीँ अहंकार जन्माउँछ, तर आध्यात्मिक ज्ञानले मानिसलाई झन् विनम्र र सरल बनाउँदै लैजान्छ।आत्मासँगको साक्षात्कार होस् वा अज्ञानबाट मुक्ति, यी सबै आध्यात्मिक जीवनशैलीबाट सम्भव हुन्छन्। अध्यात्मले दिने आत्मिक सुख संसारका कुनै भौतिक वस्तुसँग तुलना गर्न सकिँदैन। वास्तवमा आफ्नो आत्मस्वरूपमा फर्किनु नै अध्यात्म हो। यही मार्ग परम शान्ति, अखण्ड आनन्द र जीवन सिद्धिको बाटो हो। भ्रम भय मानव कमजोरीहरूको एकमात्र औषधि पनि अध्यात्म नै हो। त्यसैले संसारमा शान्ति, आत्मिक उन्नति र जीवनको सार्थकताको लागि आत्मिक अभ्यास निरन्तर चलिरहनु आवश्यक छ। अध्यात्म नै नैतिक, आत्मिक, प्रगतिको आधार हो, र यही श्रेष्ठता, पवित्रता तथा शुभताको सहज मार्ग हो।आत्मिक भएर ईश्वरको तर्फ मन लगाउनुनै, मानव जाति को बिस्राम हो

,

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top