हाम्रो आत्मालाई चाहिने कुरा भनेको परमेश्वरको वचन नै हो। संसारको नियम पनि त्यस्तै छ—जहाँ जे कुरा हुन्छ, त्यही कुरा त्यहाँ बढी मात्रामा पाइन्छ। जस्तै, जहाँ सुख्खा जमिन हुन्छ त्यहाँ बाँझो बारी धेरै हुन्छ, र जहाँ पानी हुन्छ त्यहाँ पानीकै मात्रा बढी हुन्छ। त्यसैगरी, हामीभित्र पनि जे कुरा हुन्छ, त्यही कुरा हाम्रो जीवनमा बढ्दै जान्छ। कोही आत्मिक रूपमा अझ गहिरो हुँदै जान्छन् भने कोही विरोध गर्ने स्वभावमा अझै बढ्दै जान्छन्। त्यसैले, तपाईं कस्तो बन्न चाहनुहुन्छ भन्ने कुरा तपाईंको आफ्नै हातमा छ। अर्कोलाई हिलो छ्याप्दा, आफ्नै हात पनि फोहोर हुन्छ।