तिम्रो वास्तविकता तिम्रो शरीरभन्दा ठूलो छैन जुन सास तिम्रो भित्र आउँछ र बाहिर जान्छ। यही तिम्रो जीवनको गति हो र यही नै तिम्रो लागि सबैभन्दा मूल्यवान् कुरा हो। तिमीले यसलाई स्वीकार गर्नुपर्छ बुझ्नुपर्छ। यही एउटा कुरा हो जसले तिमीलाई जीवित राखेको छ। यदि ईश्वरले दिएको यो अमूल्य आशिष अर्थात् सास तिमीबाट टाढा भयो भने तिम्रो लागि संसारका सबै कुरा व्यर्थ हुनेछन् बिल्कुलै व्यर्थ।
एउटा सानो उदाहरण।
एउटा कुम्हार आफ्नो गधालाई असाध्यै माया गर्थ्यो, किनकि त्यही गधाबाट उसको जीविकोपार्जन चल्थ्यो। मायाले उसले आफ्नो गधाको नाम ‘किशन’ राखेको थियो एक दिन ऊ एउटा विद्यालयको नजिकबाट गइरहेको थियो। विद्यालयभित्रबाट आवाज सुनियो। शिक्षकले आफ्नो विद्यार्थीलाई पिट्दै भन्दै थिए ‘तँ गधा होस्, तँलाई पिटेर मान्छे बनाइदिन्छु।जब कुम्हारले शिक्षकले गधालाई मान्छे बनाइदिन्छु भनेको सुन्यो तब उसले सोच्यो मेरो त कुनै छोरा पनि छैन। यदि मेरो ‘किशन’ मान्छे बन्यो भने कति राम्रो हुन्थ्यो होला त्यसपछि ऊ शिक्षककहाँ गयो र भन्यो, ‘मास्टरजी, मसंग एउटा गधा पनि छ यसलाई पनि मान्छे बनाइदिनुहोस् मास्टरजी अलि रमाइलो स्वभावका थिए उनले भने ठीक छ यसलाई यहाँ छोडेर जाऊ त्यो रूखको छेउमा बाँधिदेऊ कुम्हारले आफ्नो गधालाई रूखको छेउमा बाँधिदिय त्यसपछि मास्टरजीले भने तीन दिनपछि लिन आउनू भन्नु भयो तीन दिनपछि मास्टरजीले गधालाई रूखबाट खोलेर पछाडितिर बाँधिदिए र गधाको ठाउँमा त्यही विद्यार्थीलाई उभ्याइदि मास्टरजी पनि त्यहीँ थिए कुम्हारले आएर सोध्यो मास्टरजी मेरो ‘किशन’ मान्छे बन्यो? मास्टरजीले भने बिल्कुल मान्छे बन्यो कुम्हारले हेर्दा किशन राम्रो धोती र टोपी लगाएर रमाएर उभिरहेको थियो आफ्नो गधा मान्छे बनेको देखेर ऊ निकै खुसी भयो कुम्हारले जमिनबाट हरियो घाँस उखेल्यो र नजिकै गएर भन्यो ल किशन घाँस खा तँ भोकाएको होला विद्यार्थीले भन्यो उता जा यहाँबाट के भनिरहेको छस्?कुम्हारले भन्यो ‘किशन’ तँ मलाई किन चिन्दैनस्? म नै तेरो कुम्हार हुँ। म नै तेरो बुबा हुँ।कुम्हारले तीन चार पटकसम्म यही कुरा दोहोर्याएपछि विद्यार्थीले उसलाई लात्ती हान्यो तब कुम्हारले भन्यो ठीकै छ तँमा लात्ती हान्ने बानी अझै गएको रहेनछ। तँ त पहिलेकै जस्तै थिस उस्तै रहेछस् भनेर चित्त दुखाउन थालो ।
हरेक मानिसको कथा पनि यस्तै छ। आफ्नै धारणा र कल्पनामा डुबेर मानिसले के के कुरामा विश्वास गर्न थाल्छ, उसलाई आफैँलाई थाहा हुँदै आफ्नै कल्पनाको संसारमा हराउँदा उसले आफू को हुँ यहाँ के गरिरहेको छु र मलाई किन यो मानव शरीर प्राप्त भएको छ भन्ने कुरा नै बिर्सन्छ।उसले संसारलाई एउटा तमासाको रूपमा हेरिरहेको हुन्छ। कहिले धनी मानिसलाई हेर्छ कहिले गरिब मानिसलाई जब मानिसले प्रश्न गर्छ कोही किन गरिब हुन्छ र कोही किन धनी हुन्छ? तब मानिसले नै यसको जवाफ दिँदै भन्छ यो त अघिल्लो जन्मको कर्मको फल हो। यो सबै समाजले बनाएका सीमित सोच र मान्यताहरू हुन्। मानिस यिनै सीमाभित्र अल्झिएर दुःखी हुन्छ र अन्तत आफ्ना दुःखको दोष ईश्वरमाथि लगाउँछ।तिमीले देखेकै छौ मानिसहरू पहाड चढेर ईश्वरको खोजीमा मन्दिरहरूमा पुगिरहेका हुन्छन् के साँच्चै ईश्वर त्यहीँ मात्र हुनुहुन्छ? पहाडको टुप्पोमा रहेको मन्दिरमा ईश्वरको दर्शन गर्न चाहन्छौ भने अवश्य जाऊ तर आफ्नै हृदयभित्र विराजमान ईश्वरलाई भने कहिल्यै नबिर्स तिम्रो वास्तविक ईश्वर तिमीभित्रै हुनुहुन्छ।आफ्ना कल्पना र भ्रमका सीमाहरूबाट बाहिर निस्क वास्तविकतालाई चिन बुझ र त्यसको अनुभव गर किनकि ईश्वरलाई बाहिर खोज्नुभन्दा पहिले आफूभित्र उहाँको उपस्थितिलाई महसुस गर्न सक्नु नै जीवनको सबैभन्दा ठूलो सत्य हो।