शुभ दिपावली 🪔

दिपावलीको समयमा हामी घरमा लक्ष्मीको आगमन हुन्छ भन्ने विश्वासका साथ घर आँगन सफा गर्छौँ दीप बाल्छौँ र उज्यालो बनाउँछौँ। तर के बाहिरी सफाइ र घरको चमकले मात्र जीवनमा खुसी भित्र्याउन सक्छएकपटक आफैँलाई प्रश्न गरौँ हामीले घरको फोहोर त सफा गर्‍यौँ तर आफ्नो मनभित्रको ईर्ष्या घमण्ड द्वेष रिस घृणा र नकारात्मक सोचलाई कति सफा गर्‍यौँयदि यो दिपावलीमा साँच्चै केही सफा गर्नुछ भने सबैभन्दा पहिले आफ्नै मनभित्र जमेको फोहोर सफा गरौँ। किनकि बाहिरी सफाइले घर सुन्दर बनाउँछ तर भित्री सफाइले जीवन सुन्दर बनाउँछयाद राखौँ, घर उज्यालो बनाउन दीप बालिन्छ तर जीवन उज्यालो बनाउन मनभित्रको अन्धकार हटाउनुपर्छत्यसैले यो दिपावलीमा उज्यालो बाहिर मात्र होइन आफ्नै हृदयभित्र पनि बालौँ। किनकि साँचो खुसी बाहिरी चमकमा होइन भित्री शुद्धता सद्भाव र सकारात्मक सोचमा हुन्छ।

शुभ दिपावली 🪔

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top